कर्णाली प्रदेश

कालिकोटे जनताको ‘चिलगाडी’ हेर्ने सपना पूरा

नवलपुर टुडे
२०८० फाल्गुन १३ | मध्यान्ह ०३:११ बजे

कालिकोट । सुनथराली विमानस्थल निर्माण सुरु भएको झन्डै चार दशकपछि कालिकोटे जनताको सपना अब भने पूरा भएको छ । आइतबार तारा एयरलाइन्सले नरहरिनाथ गाउँपालिका कोटबाडामा रहेको सुनथराली विमानस्थलमा परीक्षण उडान गरेको छ ।

तारा एयरलाइन्स नाईनएन–एकेएल विमानले परीक्षण उडान गरेको नरहरीनाथ गाउँपालिकाका प्रवक्ता प्रदीप बोहराले जानकारी दिएका छन् । उनका अनुसार सोमबार बिहान ९ः२१ बजे नेपालगन्जबाट उडेको क्याप्टेन पीएस नगरकोटीसहित नौ जनाको प्राविधिक टोलीसहितले सुनथराली विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान गरेको जनाए ।

विमानस्थलको उद्घाटन सोमबार (भोलि) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले गर्नेछन् । साथै, गाउँपालिकाका प्रवक्ता बोहराका अनुसार भोलि बिहान १० विमानस्थलको उद्घाटन कार्यक्रम तय गरिएको नेपाल प्रेसलाई जानकारी दिए ।

kalikot helo

कमेन्टहरु