देश

सांसद नरोत्तम वैद्यले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना

नवलपुर टुडे
२०७८ जेष्ठ २९ | बिहान १०:०२ बजे

काठमाडौँ । नेपाली कांग्रेसका वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभाको बैठकमै प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ । शुक्रबार बागमती प्रदेश सभाको बैठकमा सांसद वैद्यले प्रधानमन्त्री ओलीले देश सिध्याउन लागेको भन्दै त्यसलाई रोक्न कोही नाथुराम गोड्से बन्नुपर्ने अन्यथा आफैं बन्ने अभिव्यक्ति दिएका थिए ।

भारतका गोड्से महात्मा गान्धीको हत्याराको रुपमा चिनिन्छन् । प्रदेश सभा सदस्य वैद्यको यो अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ । एमालेका नेताहरुले तत्कालै पक्राउ गर्न माग गरेका छन् ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि वैद्यको भनाइ आपत्तिजनक रहेको बताइ सक्नुभएको छ । त्यस्तै नेपाली कांग्रेसका नेता गगन थापाले पनि वैद्यको अभिव्यक्ति हामी कसैलाई स्वीकार्य नरहेको भन्दै अभिव्यक्ति फिर्ता लिँदै आत्मालोचना गर्न सुझाब दिएका हुन् । प्रदेश सभामा वैद्यले भन्नुभएको थियो, ‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ ।

यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब यो देश बचाउनका लागि, कोही तयार छैन भने म बन्ने कि !’

कमेन्टहरु