राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

जगत ठाडा मगर
२०८० फाल्गुन ११ | बिहान ०७:११ बजे

काठमाडौं, फागुन ११ । राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बैठक बोलाइएको हो ।
आजको बैठकमा दिलकुमारी थापा पार्वतीले ‘मौलिक हक कार्यान्वयनको लागि बन्न बाँकी कानुन २०८१ असोज ३ गतेसम्म निर्माण गरिसक्नु पर्ने सबन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
अर्थमन्त्री प्रकाशशरण महतले ‘सुरक्षित कारोबार (पहिलो संसोधन) विधेयक, २०८०’ सभा समक्ष पेश गर्नेछन् भने कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले ‘विधायक व्यवस्थापन समितिको प्रतिबेदनसहित विधायन सबन्धी विधेयक २०८० माथी छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
साथै सो विधेयक पारित गरियोस भन्ने प्रस्ताव पेश गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
























