देश

सामुदायिक अस्पताललाई ६ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

नवलपुर टुडे
२०७८ जेष्ठ २८ | मध्यान्ह ०८:०२ बजे

कपिलवस्तु । कपिलवस्तुमा कोरोना संक्रमितको सुरक्षा सतर्कताका लागि स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको छ । बाणगङ्गा नगर स्थित वडा-४ मा रहेको कपिलवस्तु सामुदायिक अस्पतालमा आधारभूत साधन स्रोत अभाव हुदा स्वास्थ्यकर्मी र डाक्टरलाई कोरोना भाईरस संक्रमितको उपचार गर्न समस्या भईरहेको कुरा संचार माध्यमबाट बाहिर आएपछि लुम्बिनी स्थित रोयल थाई मोनाष्ट्रीले सहयोगको हात बढाएको छ ।

photo 2021 06 11 20 38 17

थाई मोनाष्ट्रीले अक्सिजन कन्सनट्रेटर-२ अक्सिमिटर २ थान,मास्क , सेनिटाईजर र ग्लोब्स सहयोग प्रदान गरेको हो । लुम्बिनी विकास कोष सदस्य राजेश ज्ञवालीको सक्रियतामा मोनाष्ट्री प्रमुख भिक्षु फ्रा बोधीविड्सले बाणगङ्गाका नगर प्रमुख मंगल प्रसाद थारु को गरिमामय उपस्थिति मा अस्पताल का व्यवस्थापक लाई प्रदान गरे ।

भिक्षु फ्रा बोधीविड्सले थाई जनताको सानो सहयोग नेपाली जनतालाई गर्न पाउदा खुसी भएको बताए ।उक्त कार्यक्रममा अस्पतालका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पोख्रेलले संस्था सङ्गै विशेष सहयोगका लागि भुमिका खेल्नुहुने राजेश ग्यवालीलाई समेत धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा थप सहयोगको लागि अस्पताल प्राङ्गणमा बुद्धमुर्ति स्थापना गर्नका लागि सहयोग समेतका लागि आग्रह गर्नुभएको थियो भने नगर प्रमुख मङ्गल थारुले यस्तो विषम परिस्थितिमा स्वास्थ्य संस्थालाई सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्नुभएको थियो।

कार्यक्रममा अस्पताल संचालक समिती सदस्य बिष्णु न्यौपाने,सागर श्रेष्ठ, उधोग बाणिज्य संघका अध्यक्ष दोलकराम घिमिरे युवा समाजसेवी शक्ति सिं ठकुरी,दिनेश छेत्री ,मीन थापा, सुशील सिं ठकुरी,SSDC का अध्यक्ष तेज प्रसाद आचार्य, लगायतको उपस्थितिमा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो।

कमेन्टहरु