कृषि, मधेश प्रदेश

रौतहटमा बगर खेती उद्वघाटन

अशोक यादव
२०८० फाल्गुन १० | मध्यान्ह ०६:११ बजे

रौतहट, फागुन १० । राैतहटकाे कटहरिया नगरपालिकामा बिहिवार एक कार्यक्रम बीच बगर खेतीकाे उद्वघाटन भएकाे छ । कटहरिया नगरपालिकाकी उपमेयर रिता देवी यादब र फतुवा बिजयपुर नगरपालिकाको कार्यावाहक मेयर अम्बेया खातुनले सयुक्त रूपमा उद्वघाटन गरेका हुन । उक्त कार्यक्रम श्री नेपाल प्रतिबद्धता संस्थाद्वारा संचालन गरेका हुन

कटहरिया- १ भसेढवा (तलखोर) टोलमा बगर खेती प्रयोगात्मक तालीम उदघाटन गर्नुभएकाे हो । नेपाल कृषि प्रधान देश भएपनि नेपाली जनतालाई कृषि खेतीपातीकाे लागि जानकारी नहुदा बिभिन्न नयाँ जातका तरकारी उब्जाउनकाे लागि समस्या भईरहेका छन । ती समस्या समाधान गर्नकाे निमित्त नगरपालिकाबाट तालिमको ब्यवस्था गरेर कृषि क्षेत्रमा किसानलाई चाहिने सीप सिर्जन गर्नका लागि प्रयाेगात्मक तालिमको ब्यवस्था गरिएकाे हो ।

प्रयाेगात्मक भन्नाले आफुले कुनै खेतीपाती गरेर आफ्नो समाजमा बिभिन्न मानिसलाई हेराई सिप सिर्जन गर्नु र गराउनु हाे । कुनै पनि तरकारी खेतबारी लगाउनु पर्दा आफैले प्रयाेग गरी लगाउछ भने चाडै बिर्सन सकिदैन । अर्कोले देखेर अझै यसभन्दा बढी बगर खेती गराेस भन्ने उदेश्यले तालिमको ब्यबस्था गरिएकाे उप मेयर यादबले बताएकी छिन ।

साे कार्यक्रममा कटहरिया नगरपालिका- १ का वडा अध्यक्ष भुपेन्द्र महताे लगायतका नेता, कार्यकर्ता, किसान र महिलाहरुको उपस्थित रहेकाे थियो ।

कमेन्टहरु