आम जनता पार्टीका पुर्व मधेश सांसद एमालेमा प्रबेश


रौतहट । आम जनता पार्टीका उप महासचिवले पार्टी परित्याग गरी नेकपा एमालेमा प्रबेश गरेका छन । रौतहट क्षेत्र न. ३ ख का पुर्व प्रदेश सांसद कुन्दन कुशवाहा बिहिवार एमालेमा प्रबेश गरेका हुन ।
कुशवाहाले आम जनता पार्टी परित्याग गरी अध्यक्ष ओलीको हातबाट टीका लगाई एमाले प्रवेश गरेको हो । कुशवाहा सग आम जनता पार्टीका केन्द्रीय सदस्य अरविन्द कुमार यादव, सञ्जय कुमार शाह (केन्द्रीय सदस्य आम जनता पार्टी), सरफ लाल महतो, दीपक कुमार दुबे र सुरेन्द्र प्रसाद चौधरी लगायत कार्यकार्ता नेकपा एमालेमा प्रवेश गरेका छन । केन्द्रित सदस्यसहित एमालेमा प्रबेश पछि राैतहट क्षेत्र ३ मा आम जनता पार्टीलाई ठुलाे झटका लागेका छन ।
कुशवाहा आम जनता पार्टीकाे कटहरिया नगरपालिका र देवाही गाेनाही नगरपालिका वरिपरिपिलरकाे रूपा रहेकाे थियाे । बिगतका निर्वाचनमा कुशवाहाकाे सहयाेगले आमम जन्ता पार्टीकाे अध्यक्ष प्रभु साहलाई प्रतिनिधि सभाको चुनाव जित्न सहयोग गरेको थियो । यस क्षेत्रमा कुशवाहा नेकपा एमालेमा प्रबेश गर्नसाथ नेकपा एमाले बलियो पार्टीको रूपमा स्थापित भएकाे छ ।






















