धर्म–संस्कृति/रीतिथिति

महाकाल युवाशक्ति नेपालले लुम्बिनी प्रदेशको दाङमा कार्यक्रम अघि बढाए

नवलपुर टुडे
२०८० फाल्गुन ९ | बिहान ०६:११ बजे

कपिलवस्तु । वैदिक सनातनको धरोहर गौ वेद शान्त तथा हाम्रो धार्मिक मठ मन्दिरको रक्षा गर्ने उद्देश्यले अघि बढेको महाकाल युवाशक्ति नेपाल संस्थाले लुम्बिनी प्रदेश भित्र आफ्नो कार्यक्रम अघि बढाएको छ ।

कार्यक्रम फागुन ७ गते दाङ जिल्लाको लमही र भालुबाङमा वैदिक सनातन धर्मको गलत प्रचारप्रसार तथा विरोध गर्दै इन्डियामा आजीवन जेल सजाय पाएको रामपाल अर्थात् रामपालको कार्यकर्ताहरुलाई चेतावनी दिँदै सन्त रामपालका भड्काउ बयान र पम्प्लेटहरू च्यातेका थिए ।

सनातन धर्मविरुद्ध हामीले एक शब्द पनि सुन्न सक्दैनौं र यसको प्रतिकार गर्न यस प्रदेशभित्र रहेका हाम्रो महाकाल युवा शक्ति नेपाल संस्थाका सबै साथीहरु चौबिसै घण्टा तयार रहेको बताए ।

साथै आउने दिनमा पनि यस्तो खालको घटनाहरू देखिएमा कालोमोसो लगाई चोकचोकमा घुमाउने चेतावनी समेत दिँदै महाकाल युवा शक्ति नेपाल संस्थाका केन्द्रीय अध्यक्ष श्री धर्मराज विश्वकर्माले जानकारी दिनुभयो ।

कमेन्टहरु