धनुषाको पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु, दुई बेपत्ता

जगत ठाडा मगर
२०७८ जेष्ठ २८ | मध्यान्ह ०५:०२ बजे

जितेश मण्डल
काठमाण्डौ । मुखियापट्टी मुसहरनीया गाउँपालिकाको बहेडाडावेला र तुल्सीयाहीको बिचमा अवस्थित पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पौडी खेल्ने क्रममा १० देखि १३ वर्ष उमेरका पाँच बालिकाको डुबेर मृत्यु भएको हो । पोखरीबाट ५ जनाको शव निकालिएको छ भने अन्य दुई बेपत्ताको खोजी भइरहेको जनाइएको छ ।
डुबेर मृत्यु हुनेमा १२ वर्षीया लक्ष्मीनिया यादव, १० वर्षीया चन्दा कुमारी भगत, १३ वर्षीया अन्जु पुर्वे, १२ वर्षीया चाँदनी ठाकुर र १२ वर्षीया ललीता साह तेली रहेको प्रहरीले जनाएको छ ।























