मधेश प्रदेश

आरती साहको परिवारलाई न्याय दिलाउँने प्रधानमन्त्री दाहालको प्रतिबद्धता

अशोक यादव
२०८० फाल्गुन ८ | मध्यान्ह ०४:११ बजे

रौतहट, फागुन ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आरती साहको हत्यारालाई कानूनी कारवाही गराउँने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा मंगलबारका दिन आरती साहको पीडित परिवारसंग भेटघाट गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । साहको परिवारलाई न्याय दिलाउँन सरकारले पहल गर्ने प्रधानमन्त्रीले जनाएका छन् । साहको हत्यारालाई कारवाहीको माग गर्दै उनको परिवारले काठमाडौंमा महिनौंदेखी आन्दोलन रहेका छन  साहको परिवार अझै आन्दोलनमै छ ।

आरती साहको हत्यारालाई कारवाही गर्नुपर्ने भन्दै सांसद देखी सडकसम्म आवाज उठाउँदै आएका आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको विशेष पहलमा सो भेटघाट भएको हो ।

आजपा अध्यक्ष साहले आरतीको पीडित परिवारलाई न्याय दिनुपर्ने भन्दै आजपा अध्यक्ष साहले आवाज उठानुका साथै पहलसमेत गर्दै आएका छन् । उनले सरकारलाई दबाब दिदै आरतीको परिवारलाई न्याय दिलाउँन पहल गर्दै आएका छन् । यसअघि साहले गृहमन्त्री नारायणकाजी श्रेष्ठसंगसमेत भेटघाट गर्दै साहको परिवारलाई न्याय दिलाउँन छलफल गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डलाई भेटन आजपा अध्यक्ष प्रभु साह, आरती साहका वुवा विनोद साह, बहिनी अनिषा साह लगायत बालुवाटार पुगेका थिए ।

कमेन्टहरु