देश

भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

नवलपुर टुडे
२०७८ जेष्ठ २८ | मध्यान्ह ०४:०२ बजे

काठमाडौ । भारतीय सेनाले नेपाली सेनालाई २८ करोड ८० लाख भन्दा बढी मुल्य बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण गरेको छ ।

भारतीय राजदूत क्वात्राले नेपाली सेनाको कोभिड–१९ विरुद्घको लडाइँमा भारतको सहयोग निरन्तर रहने जनाउँदै यस सम्बन्धमा नेपाली सेनाले पुर्‍याएको योगदानको सराहना गरे।

‘छिमेकी पहिलो’ नीति अन्तर्गत भारतीय सेनाले प्रदान गरेको स्वास्थ्य सामाग्री तथा उपकरण शुक्रबार टुँडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजित एक समारोहका बीच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुन्।

भेन्टिलेटर, एम्बुलेन्स, आइसीयू बेड, पीपीइ किट, पिसीआर परीक्षण किटलगायतका स्वास्थ्य सामाग्री जेठ २७ गते काठमाडौं आइपुगेको थियो। गत साल यता भारतीय सेनाले नेपाली सेनालाई कोभिड महामारी विरुद्ध लड्न विभिन्न किसिमका सहयोग प्रदान गर्दै आएको छ।

यसैबीच भारतीय सेनाले गत मार्चमा नेपाली सेनालाई एक लाख कोभिशिल्ड खोप प्रदान गरेको थियो ।

कमेन्टहरु