बर्दियामा १९ वर्षीय युवकले २७ वर्षीय महिलालाई बलात्कार गर्दा पक्राउ

जगत ठाडा मगर
२०७८ जेष्ठ २८ | मध्यान्ह ०३:०२ बजे

बिनोद मण्डल
जेष्ठ २८ / बर्दिया: २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–५ बालापुर बस्ने १९ वर्षीय रुपेश थारुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
रुपेशले ती महिलालाई जेठ ५ गते स्थानीय पथ्थर कुलोमा जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान बताएको छ


















