पाल्पाको रहबास-खैरेनी कच्ची सडक खण्डमा टिपर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु

नवलपुर टुडे
२०८० फाल्गुन ७ | मध्यान्ह ०५:११ बजे

तानसेन, फागुन ७ । पाल्पाको ढुंगाखानी जाँदै गरेको टिपर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा टिपर चालक रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १६ वस्ने २४ वर्षीय प्रदिप कुमाल र सहचालक १८ वर्षीय मनिष परियारको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सोमबार बिहान पाल्पाको माथागढी गाउँपालिका ५ आर्थोकघाटमा लु २ ख ५६१ नं. को टिपर दुर्घटनामा परी सोही टिपरका चालक र सहचालकको मृत्यु भएको हो।
टिपर रूपन्देहीको खैरेनीबाट माथागढी- ५ मा रहेको घामिका ढुंगा खानीतर्फ जाँदै गर्दा रहबास-खैरेनी कच्ची सडकखण्डमा बिहान ९ बजेतिर दुर्घटनामा परेको थियो। दुर्घटनामा चालक र सहचालक दुबै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवम प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए।























