देश

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे मन्त्री पदबाट राजीनामा (पत्र सहित)

जगत ठाडा मगर
२०७८ जेष्ठ २८ | बिहान ०९:०२ बजे

जितेश मण्डल
जेष्ठ २८ / काठमाण्डौ: गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पदबाट राजीनामा दिएका छन् । मनाङ क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद मनाङेको राजीनामा पत्र विहिबार नै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बुझाइएको छ ।

photo 2021 06 11 09 56 08

मुख्यमन्त्री गुरुङले बिहिबार संसदबाट विश्वासको मत लिँदा मन्त्री मनाङे अनुपस्थित भएर सम्पर्कबिहिन भएका थिए। राजीनामा पत्रमा उनले विश्वासको मत नपाएको सरकारका मन्त्री हुन नैतिकताले नदिएकै कारण आफुले राजीनामा दिएको उल्लेख गरेका छन् ।

photo 2021 06 11 09 56 11

राजीनामा पत्रमा मनाङेले प्रदेश सभालाई विघटनमा जान नदिनका लागि पनि आफूले विपक्षी गठबन्धनलाई साथ दिने निर्णय गरेको उल्लेख गरेका छन्। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बिहिबार साँझ मनाङेलाई मन्त्रीबाट बर्खास्त गरेको पत्रसमेत सार्वजनिक भएको छ ।

युवा तथा खेलकुद मन्त्रीबाट वैशाख २६ मा राजीनामा गरेका मनाङे पुनः जेठ ५ गते संसद्‌मा सहभागी ठूलो दलको नेताको हैसियले मन्त्री बनेका थिए ।

कमेन्टहरु