तस्कर, मधेश प्रदेश

बाराबाट २ करोड ८३ लाखको समानसहित ट्रक प्रहरीको नियन्त्रणमा

नवलपुर टुडे
२०८० फाल्गुन ६ | मध्यान्ह ०६:११ बजे

बारा। प्रहरीले बाराबाट दुई वटा मालवाहक ट्रक नियन्त्रणमा लिएको छ।  इलाका प्रहरी कार्यालय अमलेखगन्ज, बाराबाट खटिएको प्रहरी टोलीले शुक्रवार राति   ११ बजे  जीतपुर सिमरा उप-महानगरपालिका वडा नं. २१ अमलेखगन्ज चोकबाट दुई वटा मालवाहक ट्रक नियन्त्रणमा लिएको हो।

वीरगंजबाट काठमाडौँ तर्फ जाँदै गरेका ना ७ ख १६५२ नं र  ना ८ ख ४१६५ नं ट्रकहरूलाई रोकी चेक जाँच गर्दा विल विजक भन्दा बढी  स्रोत खुलाउन नसकेको २ करोड ८३ लाख ८९ हजार ९ सय ८९ रुपियाँ  बराबरको समान फेला परेको बारा प्रहरीका सूचना अधिकारी  प्रहरी निरीक्षक वीरेन्द्र गुरुङले बताए।

उनका अनुसार  ना ७ ख १६५२ नं को ट्रकमा प्याडलक गरिएको २,५०,६३,१२२ रुपियाँ  बराबरको र  ना ८ ख ४१६५ नंकप ट्रकमा ३३,२६, ,८६७ मूल्य बराबरको समान फेला परेको छ।

उक्त ट्रकहरुलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ।

कमेन्टहरु