नेपालमा पहिलो पटक बालबालिकाको जीवनमा अभिभावकको भुमिका भोजपुरी भाषामा लघु चलचित्र पालन (भिडियोसहित)


परासी । पश्चिम नवलपरासीमा छायांकन गरिएको लघु चलचित्र धेरै जसो घरमा घटिरहेको घटनामा आधारित यो फिल्म धेरैको मन जित्ने छ । धेरै जसो मधेसमा रक्सी, चुरोट, सुर्तीजन्य पदार्थहरु पसलबाट किन्नको लागि बालबालिकालाई प्रयोग गरिएको तथ्यांक देख्न सकिन्छ ।
यो वर्तमान नेपालको यथार्थता होन। हामीले जति जातीय आग्रह, दुराग्रह राख्नु हुन्न भनेर भनेपनि हामीले आफ्नो पुस्ताको भबिस्य आफै बिगारिरहेका छौ, भावनामा बग्नु हुन्न भनेर जति भनेपनि ती भन्ने कुरा मात्र हुन् । हाम्रो व्यवहारले राम्रा काम गर्नेहरूलाई जात, भाषा वा क्षेत्रका हिसाबले भेदभाव नगरी अगाडि बढाएको देखिन्न त्यसैले पहिला आफू सुध्रिए पछि परिवार, समाज र देश सुध्रिने छ, भनेर यो लघु चलचित्रमा समाबेश गरिएको दृश्य र भावना देख्न सकिन्छ ।
यस फिल्ममा देखाएको दृश्य एकदमै मार्मिक रहेको र धेरैको जीवन शैलीमा प्रयोग भैसकेको र भैरहेको दृश्य यस भिडियो मार्फत देख्न सकिन्छ । धेरै जसो अभिभावकहरु आफ्नो लत मेटाउनको लागि बच्चाहरुको प्रयोग गरेका हुन्छन् ।
तर, कुलतमा फसेका ब्यक्तिहरुलाई यति पनि जानकारी हुदैन कि, आज छोरा वा छोरीलाई पसलबाट रक्सी, चुरोट, सुर्ती जस्ता समानहरु किन्न पठाउन्छन तर ती किन्ने बच्चाहरु कति बेला कुलतमा फसे भनेर उनिहरुलाई पनि जानकारी हुदैन किनकि पहिला बुवा, आमाको लागि लगेको र पछि आफै प्रयोग गर्दै जादा बिग्रेको अवस्था भएको हुन्छ।
उक्त फिल्मका निर्माता अनिल कुर्मी रहेका छन भने सिनेमा फोटोग्राफी, ईडिटिङ, कलरिङ भुपेन् चौधरीले गरेका छन । त्यसै गरी उक्त फिल्ममा क्यारेक्टर निर्वाह गरेका सबै कलाकारहरुलाई मेकप गरेकी उषा चौधरी हुन । कलाकारहरू सिद्धार्थ चौधरी, रेखा कहार, श्री राम भर, बिन्दु सिंह रहेका छन भने साउण्ड तर्फ सरोज चौधरी रहेका छन । बुम अपरेटमा सल्मान पठान, लाईटमा सिकन्दर चौधरी र प्रोडेक्सन कम्पनी द कन्टेन्ट नेपाल रहेको छ ।
भिडियो हेर्नको लागि लिङ्क क्लिक गर्नुहोला ।
https://youtu.be/TrTGGINR44A?si=ArCmn8kgEWUZKox7























