समाचार

वनभोज कार्यक्रममा खाना खाने क्रममा सर्केर नगरप्रमुखका स्वकीय सचिवको मृत्यु

जगत ठाडा मगर
२०८० फाल्गुन ५ | मध्यान्ह ०४:११ बजे

रामेछाप, फागुन ५ । रामेछापको रामेछाप नगरपालिकाका एक कर्मचारीको वनभोज कार्यक्रममा खाना खाने क्रममा सर्केर मृत्यु भएको छ । रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको हो ।

रामेछाप नगरपालिकाका कर्मचारीहरुले सोही पालिकाको वडा नं ७ सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा शनिबार वनभोज आयोजना गरेका थिए । खाना खाने क्रममा सर्केपछि श्रेष्ठलाई लामो समयसम्म खोकी लागेको थियो । खोकीका कारण श्रेष्ठ शिथिल हुँदै गएपछि उनलाई जिल्ला अस्पताल पुर्याइएको थियो । पर्याप्त उपचार सेवाको अभावमा सिकिस्त भएका श्रेष्ठलााई उपचारका लागि काठमाडौँ पठाउन हेलिकप्टर झिकाउने प्रयास भइरहँदा उनको मृत्यु भएको हो ।

सो घटनापछि रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाअध्यक्ष समीर कार्की पनि बेहोस भएका थिए । उनको भने जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ । हाल उनको अवस्था सामान्य रहेको बताइएको छ ।

कमेन्टहरु