समाचार

शिक्षा नै समाज विकासकाे प्रमुख आधारस्तम्भ हाे : सांसद यादव

रंजित चौरसिया
२०८० फाल्गुन ५ | मध्यान्ह ०३:११ बजे

वीरगंज, फाल्गुन ५ । जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले शिक्षा नै समाज विकासकाे प्रमुख आधारस्तम्भ भएकाे बताएका छन् ।

वीरगन्जको श्रीपुरमा रहेकाे ओेम नेशनल एकेडेमीको नवाैं वार्षिकोत्सव समाराेहमा प्रमुख अतिथिका रुपमा सम्बाेधन गर्दै यादवले शिक्षाले नै समाजलाई समृद्ध र सभ्य बनाउने बताए । प्रतिनिधि सभा सदस्य समेत रहेका यादवले भने,जुन समाज शिक्षित हुँदैन, त्याे समाज हरेक क्षेत्रमा पिछडिएकाे हुन्छ । त्यहाँ सभ्यताकाे पनि कमी देखिन्छ । त्यसकारण समाजलाई समृद्ध र विकसित बनाउने प्रमुख कडी शिक्षा नै हाे ।´

पूर्व वनमन्त्री समेत रहेका यादवले अहिलेकाे शिक्षा प्रणालीमा रुपान्तरणकाे आवश्यकता रहेकाे ओैंल्याए । उनले भने,केवल रटाएर पढाउनु भन्दा व्यवहारमा लागु हुनेगरी सिकाउने विधीमा शिक्षकले जाेड दिनुपर्छ ।´

अहिले आधुनिक र प्रविधिको युगमा बालबालिकालाई सहि दिशा र समाज रुपान्तरण तिर अग्रसर भएर पठन पाठन र अध्यापन गर्न गराउन आवश्यक रहेको उनले बताए ।

उनले ओम नेशनल ऐकेडमीले विगतदेखि शैक्षिक उत्कृष्टता सहित विद्यार्थीहरुको सर्वाङ्गीण विकासको निम्ति अनवरत रुपमा क्रियाशिल रहेको र यसले छोटो अवधिमै शैक्षिक क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भएको बताए ।

वाषिर्कोत्सव समारोहमा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए । वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई पुरस्कार वितरण पनि गरिएको थियाे ।

कमेन्टहरु