रौतहटमा टिपरको ठक्करबाट एक जना घाईते

अशोक यादव
२०८० फाल्गुन ४ | मध्यान्ह ०८:११ बजे

रौतहट, फाल्गुन ४ । राैतहटमा टिपरकाे ठक्करलेनएक जना घाइते भएको छ । घाईते हुनेमा ईशनाथ नगरपालिका- ४ मठीयाका ५० बर्षिया शेख जिक्रुल्लाह (कमल) रहेका छन ।
शुक्रबार मठिया देखी मोतीयाबजार जाने बाटोमा टिपरले ठक्कर दिंदा उनी गम्भीर घाईते भएको हो | उनको टाउकोमा गम्भीर चोट लागेकोले थप उपचारका लागी वीरगन्ज रिफर गरिएको प्रहरीले जानकारी दिए । दुर्घटनामा ठक्कर दिने टिपर ड्राइभर गाडी छोडी फरार रहेको छ । उनको खोजिकार्य भैइरहेको प्रहरीले बताए ।


















