देश

पश्चिम नवलपरासीमा आज एक सय १० जना संक्रमण मुक्त हुँदा ४३ नयाँ संक्रमित भेटिए

नवलपुर टुडे
२०७८ जेष्ठ २७ | मध्यान्ह ०८:०२ बजे

नवलपरासी /जेठ २६ , आज पश्चिम नवलपरासीमा एक सय १० जना संक्रमण मुक्त हुँदा ४३ नयाँ संक्रमित भेटिएका छन् । जसमध्ये पुरुष २८ र महिला १५ जना रहेका छन् । पिसिआर परिक्षणबाट ३१ जना र एन्टिजिन परिक्षणबाट १२ जनामा संक्रमण भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

आज बर्दघाट नगरपालिकामा २२ जना, सुनवल नगरपालिकामा ११ जना, रामग्राम नगरपालिकामा ११ जना र पाल्हीनन्दन गाउँपालिकामा एक जना संक्रमित थप भएका छन् । योसँगै जिल्लामा संक्रमित हुनेको संङ्ख्या ४ हजार ४ सय ३६ पुगेको छ । आज जिल्लाका कोहि पनि संक्रमितको मृत्यु भएको छैन् ।

अहिले पश्चिम नवलपरासीमा ६ सय २९ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् । हालसम्म जिल्लामा एक सय ४३ संक्रमितको मृत्यु भएको छ । जिल्लाका आइसोलेसनमा ११ जना मात्र कोरोनाका विरामी उपचाररत छन् । जसमध्ये सुनवलमा ६, बर्दघाटमा ४ जना र पृथ्वी चन्द्र अस्पताल परासीमा एक जना विरामी उपचाररत रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

कमेन्टहरु