समाचार

परासीमा पूर्व प्रहरी तथा बहालवाला प्रहरीका परिवार, आफन्तजन भेटघाट कार्यक्रम

नवलपुर टुडे
२०८० फाल्गुन २ | मध्यान्ह ०९:११ बजे

नवलपरासी, फाल्गुन २ । पश्चिम नवलपरासीमा बहालवाला प्रहरीका परिवार र आफन्तजन भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमको जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प.) बाट संचालित “Every Wednesday – CPP Day” अभियान अन्तर्गत बुधबार “एक युनिट : एक कार्यक्रम” को अवधारणा बमोजिम जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयका २० वटा युनिटबाट आफ्नो इलाका अन्तर्गतका पुर्व प्रहरी र वहालवाला प्रहरीका परिवार/आफन्तजनसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रमहरु संचालन गरिएको हो ।

“पुर्व प्रहरीहरु इतिहासका रुपमा संगठनका गौरव हुन् भने प्रहरी परिवार कार्यक्षेत्रमा खटिएका प्रहरीको आधारस्तम्भ हुन् “, तसर्थ पुर्व प्रहरीका अनुभव र सुचनालाई प्रहरी कार्यमा उपयोग गरी बहालवाला र पुर्व प्रहरी बिच हातेमालो गर्दै सुमधुर सम्बन्धका माध्यमबाट सभ्य र सुरक्षीत समाज निर्माणका साथै प्रहरी परिवार/आफन्तजनमा संगठनप्रति अपनत्वसहित प्रहरी कर्मचारीलाई कार्यक्षेत्रमा उच्च मनोबलका साथ खटिन अभिप्रेरित गराउने भावना अभिवृद्धिका लागि कार्यक्रम संचालन गरिएको कार्यालयका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।

कमेन्टहरु