लहानमा एबि न्युज २४ के पत्रीका, टेलिभिजनको समुदघाटन


लहान । एबि न्युज २४ के राष्ट्रिय दैनिक पत्रिका तथा टेलिभिजनको समुदघाटन कार्यक्रम सम्पन्न भएको छ । ए बि मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित सो पत्रीका र टेलिभिजनको समुदघाटन कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैताले उद्घाटन गरेका हुन।
बुधबार श्री पन्चमीअर्थात विद्याकी देवी सरस्वती पुजाको अवसरमा सिरहाको लहान नगरपालिका- १ कृष्ण टोलस्थित कार्यलयमा राससका सुदिप राउत, गोर्खा टेलिभिजनका महेश सिंह, सिराहा टाइम्सका ओम प्रकाश यादव, एबि न्युज २४ के का सल्लाहकार एलबि यादव, टुडे खोजका जयनाथ यादव मध्याह्न दैनिकका रामएकवाल राम, एबि न्युज २४ के का प्रकाशक मनु यादव, पत्रकार रोवाईन्ट मण्डल, रहमुल राईन, बिरेन्द्र नेपाल लगायत जिल्लाका एक दर्जन भन्दा बढी पत्रकारहरुको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी उदघाटन गरेका हुन ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले विश्वासिलो, प्रभावकारी र निष्पक्ष ढंगबाट समाचार सम्प्रेषण गर्नु पर्नेमा जोड दिए । ‘देशमा मौलाएका विकृति र विसंगतीको निराकण गर्दै सभ्य समाज निर्माणको लागि मिडियाको आवश्यकता रहेको उनको भनाई थियो । अहिलेको युवाले नयाँ मिडिया सञ्चालन गर्नु निकै सह्रानीय काम हो’ उनले भने ।
विधिवत रुपमा सुरु गरेको कार्यक्रमलाई स्वागत मन्तव्य राख्दै नेपाल पत्रकार महासंघ सिरहाका भुतपुर्व अध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि दिनेश्वर गुप्ताले समाजमा रहेका भष्टाचार, आतंक, बलत्कार, घुसखोरीको न्यूनिकरण गरी सुशासन कायम ल्याउनका लागि पूर्ण रुपमा लागि पर्नेमा जोड दिनुभयो ।
यस्तै एबि न्युज २४ के को सम्पादक बिनोद मण्डलले स्वागत मन्तव्य राख्दै पत्रकारीताको आचरसंहिता पूर्ण रुपमा पालना गर्नुपर्नेमा जोड दिए । ‘अहिले नेपालमा च्याउजस्तै गरी अनलाइनहरु स्थापना भएका छन्’ उनले भने ‘तर कतिपय अनलाइन पत्रिकाहरु विश्वसनिय र प्रभावकारी छैनन् ।’ त्यसकारणले एबि न्युज २४ के पत्रीका सत्य, तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेशन गरी विश्वसनिय र प्रभावकारी बनाउनुपर्ने प्रतिबद्धता व्यक्त गरे ।
शम्भु चौधरीले सहजीकरण गरेको कार्यक्रमलाई समापन्न गर्दै सभाअध्यक्ष तथा एबि मिडिया हाउस प्रा.लि.का अध्यक्ष कुलानन्द यादवले निमन्त्रणा स्विकार्दै कार्यक्रममा पाल्नु हुने सम्पूर्ण अतिथिहरुलाई धन्यवाद प्रकट गर्दै सिरहा जिल्लाका सत्रवटै स्थानीय स्तरका विभिन्न गतिविधिलाई बढी प्राथामिकता दिने बताए।























