हिन्दु स्वयंसेवक संघद्वारा कपिलवस्तुमा राहत बितरण


कपिलवस्तु । कपिलवस्तु जिल्लाकाे महाराजगन्ज नगरपालिकामा हिन्दु स्वयंसेवक संघले कोरोना महामारीका कारण भएको निषेधआज्ञाले गर्दा काम धन्दा ठप्प हुँदा गरिब, बिपन्न, मजदुरहरु बर्ग निकै पिडामा परेकाे बेलमा राहत बितरण गरेको छ ।

खाद्यान्न बितरणमा १० केजि चामल,१ केजि दाल , १ प्याकेट, नुन, आधा केजि तेल, १ पाउ सोयानिनको पोक सय परिवारलाई बितरण गरिएको हो । खाद्यान्न सङसङै उक्त सय परिवारलाई मास्क र हात धुन साबुन समेत बितरण गरिएको हिन्दु स्वयंसेवक संघ नगर कर्यबाहक भानु चतुर्बेदीले बताएका छन् ।

पिडितलाइ केहि हद सम्म कम गर्ने उदेश्यका साथा हिन्दु स्वयंसेवक संघ र सेवा इन्टरनेशनल नेपालको सयुक्त प्रयास बाट बिहिवार राहत स्वरुप खाद्यान्न बितरण गरिएको हो ।महाराजगन्ज नगरपालिकामा रहेको दुर्गा भवानी कन्या बिधालयमा जिल्ला संघ चालक बसुदेव चौधरीको अध्यक्षता , हिन्दु स्वयंसेवक संघ जिल्ला कार्यबाहक दिप प्रकाश कुर्मी ( दिलिप कुर्मि ) , स्थानीय चौकीका जनपद प्रहरी र ससस्त्र प्रहरी लगायतको उपस्थितिमा खाद्यान्न बितरण गरिएको छ ।

खाद्यान्न बितरण कार्यक्रममा स्वयंसेवक संघका नगरकार्यबाहक महेशराज कुर्मी , खण्ड कार्यबाहक नन्दराज चौधरी लागायत स्वयंसेवकहरुले सहजीकरण गरेको समेत चतुर्बेदीले बताएका छन् । लगातारको निषेधआज्ञा बाट पीडित बनेका गरिब बिपन्न बर्गलाइ यस खाद्यान्न बितरण केहि दिन भएनि राहत पुग्ने स्वयंसेवकहरुले बिश्वास व्यक्त गरेका छन् ।























