आफु छनौटमा नपरेपनी नेता महेश बस्नेतले दिए नवनियुक्त मन्त्रिहरुलाई शुभकामना


काठमाडौ । नेकपा एमालेका नेता महेश बस्नेतले आफू मन्त्री पदमा नियुक्ति नभएपछि सामाजिक संजालमा एउटा लामो स्टाटस लेख्दै भनेका छन् ।
मेरो राजनैतिक जीवनमा पद प्राप्ति ठुलो बिषय कहिले बनेन् । पार्टी नीति, नेतृत्व र निर्देशन सदैव पालना गरेर अगाडि बढेको छु। परिभाषित काममा सदैव आफ्नो दक्षता देखाएको छु।
पार्टी भित्र मात्र होइन बाहिरका मान्छेलाई समेत प्रभाव र दबाब पर्ने गरी काम गरेको छु। अफ्नो निर्वाचन क्षेत्र भक्तपुरमा आम जनताको र देशभरको एमाले कर्यकर्ता र युवा पंक्तिको मन जितेरै बसेको छु। पटक पटकको मन्त्री मण्डलको पुनरगठनमा मेरो नाम ब्यापक चर्चा हुने गर्दछ्। मेरो सहयोद्धा कमरेडहरु बनाउने पक्षमा र बनाउनै हुदैन भन्ने पक्षमा ब्यापक लाग्नु हुन्छ्।
हो मेरो सफलतामा आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन ठान्छन । मेरो बि’रोधि साथीहरुलाइ झन धेरै धन्यवाद छ । जस्को कारण म हरेक पलमा सचेत भएर कदम चाल्दछु।त्यो नै महिले सिकेको सिकाई हो र उपलब्धि पनि कतिपय मिडियाले मेरो नाम जोडेर म आ’क्रोसमा छु । गुट फेर्दैछु जस्ता समाचार लेखिरहेका छन्। तेस्तो भ्रममा नपरौ म जहाँ छु तेही छु र म जे छु तेही छु। अझै जोस जाँगर र उर्जाका साथ लाग्नेछु। मेरो राजनैतिक जीवनमा बिकाश गर्न खोजेको नयाँ अभ्यास समय क्रममा थप पुष्टी हुनेछ्।























