समाचार

सांसद चौधरीको पहलमा कुवेतबाट अलपत्र महिलाको उद्धार

नवलपुर टुडे
२०८० फाल्गुन १ | मध्यान्ह १२:११ बजे

नवलपरासी, फाल्गुन १ । कुवेतमा बैदेशिक रोजगारको क्रममा अलपत्र एक महिलालाई नेपाली कांग्रेसका नेता एवंम् संघीय सांसद बिनोद चौधरीको पहलमा उद्धार गरी घर फर्काईको छ ।

वैदेशिक रोजगारीको क्रममा कुवेत पुग्नुभएकी नवलपरासी (बर्दघाट –सुस्ता पश्चिम), बर्दघाट नगरपालिका–१४, धर्मबस्ती स्थायी निवासी खगीसरा राहदी मगरलाई सांसद चौधरीको पहलमा उद्धार गरिएका हो ।

माननीय विनोद चौधरीको विषेश पहलमा स्वदेश फिर्ता भएकी खगीसरालाई मेनपावर कम्पनीबाट क्षतिपूर्ति दिलाउँन आवश्यक पहल भईरहेको छ । चौधरीको राजनितिक तर्फका स्वकीय सचिव राजकुमार घिमिरेले जानकारी दिनुभयो ।

वैदेशिक रोजगारीको लागि शुभम ओभरसिज इम्प्लाइमेन्ट प्रा. लि., काठमाडौं, नेपाल मार्फत् झण्डै २ महिना अघि मगर कुवेत पुग्नुभएको थियो । सम्झौता बमोजिमको काममा नलगाइएको र रोजगारदाता कम्पनीले समेत दुःख दिएकोले निज खगीसरा अलपत्र परी कम्पनीबाट भागेर नेपाली राजदुतावास कुवेतमा शरण लिएको अवस्थामा सांसद चौधरीको पहलमा मगरलाई उद्धार गरिएको हो ।

माननीय विनोद चौधरीले श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, कुवेतस्थित नेपाली राजदुतावास, मेनपावर कम्पनीसँग आवश्यक समन्वय गरी मगर स्वदेश फिर्ता गराई उनी आफ्नो घर पुगिसकेकी छन् ।

कमेन्टहरु