देश

बादललाई रिजाउन बादल पत्निलाई सूचना मन्त्री

नवलपुर टुडे
२०७८ जेष्ठ २७ | मध्यान्ह ०३:०२ बजे

काठमाडौं । गत पौष ५ पछीको नेकपा बिबादबाट कित्ता क्लीयर गरेर प्रधानमन्त्री ओलीलाई सघाएका एमालेका नेता रामबहादुर थापा लाई ६ जेठमा सर्बोच्चको आदेशले पदमुक्त गरेको केही समय पछी बादलकी श्रीमती नैनकला थापा सञ्चार तथा सूचना प्रविधिमन्त्री बन्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र राजपालाई समेटेर आज दोस्रो पटक आठ मन्त्रालयको लागि मन्त्रिपरिषद् विस्तार सहित सपथ ग्रहण गराउने तयारी रहेको श्रोतले जनाएको छ । आज साँझ ५ बजे हुने सपथ ग्रहणमा नैनकला थापाले सञ्चार तथा सूचना प्रबिधी मन्त्रीको सपथ ग्रहण हुनेछ ।

एमाले स्रोतका अनुसार पूर्व माओवादी खेमाबाट दुईमन्त्री जसमा वादलकी श्रीमती नैनकला थापालाई सञ्चार र ज्वालाकुमारी साहलाई कृषिमन्त्री बनाउन लागिएको जानकारी प्राप्त भएको छ ।

कृषिमन्त्री नियुक्त भएकी साह भने माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका कारण प्रदेश २ को प्रदेशसभा सदस्यबाट पदमुक्त भएको थियो ।

कमेन्टहरु