प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार, आज ४ बजे शपथ तय (को–को बन्दैछन् त मन्त्री)

नवलपुर टुडे
२०७८ जेष्ठ २७ | मध्यान्ह ०३:०२ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
एमालेबाट ६ मन्त्री र १ राज्यमन्त्रीसहित ७ जना र जनता समाजवादी पार्टी, नेपालको महन्थ–राजेन्द्र पक्षबाट एक जना गरी ८ जनालाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरुको शपथ आज अपराह्न ४ बजे तय भएको बालुवाटारस्रोतले जनाएको छ ।
नवनियुक्त मन्त्रीहरुमा गृहमा खगराज अधिकारी
सञ्चारमा नैनकला थापा
सामान्य प्रशासनमा गणेश पहाडी
कृषिमा ज्वालाकुमारी साह
उद्योगमा राजकिशोर यादव
वनमा नारदमुनी राना
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मोहन बानियाँ र वन राज्यमन्त्रीमा आशा विक रहेका छन्।























