समाचार

यातायात व्यवस्था विभागका महानिर्देशक रिजाललाई कालोमोसो

जगत ठाडा मगर
२०८० माघ २९ | बिहान ११:१० बजे

काठमाडौँ, माघ २९ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजाललाई क्रान्तिकारी युवा संगठनले कालोमोसो दलेको छ ।

लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै क्रान्तिकारी युवा संगठनले रिजाललाई सोमबार कालोमोसो दलेको हो । संगठनको एक समूहले उनलाई मिनभवनमा पुगेर कालोमोसो दलेको बताइएको छ । 

पछिल्लो समय लाइसेन्स वितरणमा ठुलो घोटाला भएको विषय बाहिरिएको छ । यो प्रकरणमा अख्तियारले समेत छानबिन गरिरहेको छ । 

कमेन्टहरु