हिन्दू परिषद नेपालद्वारा बीरगंजमा राहत बितरण

जगत ठाडा मगर
२०७८ जेष्ठ २७ | मध्यान्ह ०२:०२ बजे

रंजित चौरसिय
बीरगंज । हिन्दू परिषद नेपाल जिल्ला कमिटी पर्साले आज बीरगंज महानगर क्षेत्रमा रहेको पीड़ित परिवारलाई राहत बितरण गरेको छ ।
जिल्ला अध्यक्ष हरेन्द्र पटेलको अगुवाईमा भएको राहत बितरण कार्यक्रममा जिल्ला सचिव सुधीर मिश्रा, सह-सचिव अंशु कुमार प्रजापति, कोषाध्यक्ष पपु सिंह,वरिष्ठ सल्लहकार चन्द्रनारायण सिंह रिजाल,जिल्ला सदस्य दय अमोद कुमार केवट र मुकेश पटेल सहित पिपरा युवा समाजका अध्यक्ष अनिल पटेल,युवानेता बिक्रम आले लगायतको उपस्थिति रहेको थियो ।
टोलीले पीड़ितहरुको घरमा गई राहत बाढेको थियो।साथै बीरगंज कपड़ा बैंक द्वारा संचालित राहत बितरण एवं संकलन कार्यमा हिन्दू परिषद नेपाल पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेलले आफ्नो ब्यक्तिगत तर्फ बाट १ बोरा चामल,१० किलो आलु ,१० किलो प्याज़ ,५०० पीस मास्क लगाएतको सामग्री बुधवार बितरण गरेका थिए।























