समाचार

कोशी प्रदेशको सुनसरीबाट झन्दै २ करोड नक्कली रुपियाँसहित भारतीय नागरिक पक्राउ

जगत ठाडा मगर
२०८० माघ २९ | बिहान १०:१० बजे

बुटवल, माघ २९ । भारतीय नम्बर प्लेटको स्करपियोमा एक करोड ८२ लाख ५१ हजार  नेपाली नक्कली नोट बरामद गरेको छ । सुनसरीबाट प्रहरीले एक हजार दरका नक्कली एक करोड ८२ लाख ५१ हजार नोट बरामद गरेको हो ।

सुनसरी प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार आइतबार भारतीय स्कोरपियो गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद भएको हो। नक्कली नोटसँगै एक जना भारतीय नागरिक पक्राउ परेको उनले बताए।

सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले सुरुमा बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको थियो। शंकास्पद अवस्थाको स्कोरपियो गाडी रोकेर खानतलासी गर्दा स्कोरपियो गाडिको पछाडी भागमा लुकाईछिपाई ल्याइएको नक्कली नोट बरामद गरेको हो । बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयद छन्। अर्का एक जना व्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ । यसबारेमा थप अनुसन्धान गरिरहेको सुनसरी प्रहरी जानकारी दिएको छ ।

कमेन्टहरु