सिरहामा वडास्तरीय पोषण समिति गठन

जगत ठाडा मगर
२०७८ जेष्ठ २७ | मध्यान्ह १२:०२ बजे

बिनोद मण्डल
सिरहा । सिरहाको धनगढी माई नगरपालिकाले आफ्ना नगरपालिका भित्रका बालबालिकाको पोषण अधिकार सुनुक्षीत गर्नको लागि वडास्तरीय पोषण समिति गठन प्रक्रिया अगाडि बढाएको छ ।
वडा नं १४ को सरे बस्तीमा गठन भएको समितिमा क्रमश: ठरेन्द्र बहादुर राईको अध्यक्षमा समिती गठन भएको हो ।
सदायहरुमा हिरादेवि मगर महिला सदस्य, सुनिता विक महिला सदस्य, रेखा कुमारी राई शिक्षिका, घमण्ड कुमारी शाही सदस्य, होम कुमारी गिरी सदस्य, श्री राम यादब सदस्य, रत्नकुमारी जर्घा मगर सदस्य, बबिन कुमार डोटेल सदस्य सचिवमा चयन गरिएको छ ।
यस समिति मार्फत पोषण कार्यक्रम टोल स्तरमा अगाडि बढाइने समितिका सुनिता विकले बताए ।























