समाचार

हेर्नुहोस आज २०८० साल माघ २८ गते आइतबारको राशिफल

जगत ठाडा मगर
२०८० माघ २८ | बिहान ०६:१० बजे

काठमाडौ, माघ २८ । मेष : दैनिकी राम्रो छ । साथीभाइले साथ दिनेछन् । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । वैदेशिक क्षेत्रबाट राम्रो नतिजा प्राप्त हुने योग छ । स्वास्थ्यमा सुधारका संकेत देखिन्छन् । परिवारसँगको सम्बन्धमा समस्या हुनसक्छ ।

वृष : दैनिकी राम्रो छ । परिवारको सहयोग मिल्नेछ । स्वदेश वा विदेशमा ठुलो लगानी नगर्नु राम्रो हुन्छ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ ।

मिथुन : दिन सामान्य राम्रो छ । दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुन्छ । शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट राम्रो नतिजा प्राप्त हुनेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : समय सामान्य छ । विवाद बढ्ने देखिन्छ । बोलीमा नम्रता आवश्यक छ । सानो अंश भए पनि दान गरेमा फाइदा हुनेछ । परिवारबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह : दिन सामान्य राम्रो छ । शिक्षा क्षेत्रको लगानीमा अब्बल बन्नुहुनेछ । परिवारलाई समय दिन नसक्दा अविश्वास बढ्नेछ । विदेशमा गरेको लगानीबाट लाभ हुनेछ ।

कन्या : दिन राम्रो छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध आनन्दमय बन्नेछ । विदेशतर्फ आकर्षण बढ्नेछ । विदेशमा गरेको लगानीबाट लाभ हुनेछ । स्वास्थ्यमा समस्या हुने देखिन्छ । शाहकारी भोजनलाई प्राथमिकता दिनु राम्रो हुन्छ ।

तुला : समय राम्रो छ । विपक्षीलेसमेत साथ दिनेछन् । पेटको दुखाई बढ्ने देखिन्छ । शिक्षामा गरेको श्रमबाट नाम र दाम मिल्नेछ । परिवारको सहयोग मिल्नेछ । स्वदेशमा भएको लगानीबाट उत्साह मिल्नेछ ।

वृश्चिक : दैनिकी राम्रो छ । परिवारको साथ रहनेछ । विरोधका आवाज सुन्नुपरे पनि निर्णय आफ्नो पक्षमै हुनेछ । आज बाहिरको खानपान त्याग गर्नु राम्रो हुन्छ । शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ ।

धनु : दिन राम्रो छ । मित्र र परिवारको साथ मिल्नेछ । रोगमुक्त हुने योग छ । शिक्षाको क्षेत्रमा नाम र मान बढ्ने योग छ । स्वदेशमै लगानीको सम्भावना देखिन्छ ।

मकर : समय सामान्य छ । साथीले दु :ख दिने भएकाले सचेत हुनु राम्रो हुन्छ । सामाजिक क्षेत्रमा समस्या हुनेछ । वैदेशिक क्षेत्रमा लाभ हुनेछ ।

कुम्भ : व्यापारमा लाभ हुनेछ । शिक्षामा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा भने झन्झट आइलाग्ने देखिन्छ । परिवारबाट साथ र सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रमा ठुलो लगानी नगर्नु राम्रो हुन्छ ।

मीन : समय राम्रो छ । आफन्तबाट साथ र सहयोग मिल्नेछ । सञ्चित धन खर्च हुने देखिन्छ । एक पटक सोचेर काम गर्नु फाइदाजनक हुनेछ । वैदेशिक क्षेत्रमा लाभ मिल्नेछ । शिक्षातर्फबाट राम्रो नतिजा मिल्नेछ ।

कमेन्टहरु