देश

अलौ नाकाबाट तस्करी सुरू, तल्लो देखी माथिल्लो निकायसम्म मौन

जगत ठाडा मगर
२०७८ जेष्ठ २७ | बिहान ०९:०२ बजे

रंजित चौरसिय
पर्सा २७ जेष्ठ । पर्साको अलौ नाकाबाट सशस्त्र प्रहरीले तस्करी कार्य तिब्र रूपले अगाडी बढाएको पाइन्छ ।

मासिक लाखौ रूपैया बुझे पश्चात् सशस्त्र प्रहरी बल नेपालले तस्करी कार्य तिब्र रूपले अगाडी बढाएको पाइएको हो ।

पर्साको अलौ नाकाबाट तस्करी सुरू गर्न अगाडी तस्कर संगठनले मासिक १० लाख रूपैया बोर्डर आउट पोस्ट अलौका प्रमुख इश्वर अधिकारीलाई दिए पश्चात् तस्करी कार्य सुचारू भएको बुझिन्छ ।

अलौ नाका हुँदै अबैध तरिकाले कपडा, हार्डवेयर र नेपालबाट भारत केराउ समेतको तस्करी हुने गरेको छ । तस्करी गर्नको निम्ति तस्कर संगठनले स्थानिय बोर्डर आउट पोस्ट अलौका प्रमुखलाइ नै गण नम्बर १३ का प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका, स्कवाड टोलि लगायतको नाममा मासिक १० लाख रूपैया बुझेको आरोप लगाए ।

यस बिषयमा बोर्डर आउट अलौका प्रमुख सशस्त्र प्रहरी निरीक्षक इश्वर अधिकारी सङ्ग बुझदा सम्पर्कमा आउन चाहेन्न।

कमेन्टहरु