प्रधानमन्त्री केपी शर्मा ओलीले १७ पटक मन्त्रिपरिषद विस्तार, बारम्बार किन छुट्छन् छविलाल विश्वकर्मा ?


काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले १७ पटक मन्त्रिपरिषद् बिस्तार गरेका छन् । यस क्रममा ५७ जना भन्दा बढी मन्त्री फेरिएका छन् । तर एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली निकट मानिने नेता छविलाल विश्वकर्मालाई मन्त्री नबनाउनुलाई चासोको साथ हेरिएको छ । रुपन्देही क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद जिते सँगै स्थानीय जनता र राजनीतिमा चासो राख्नेहरु छबिलाल विश्वकर्मा पहिलो लटमै मन्त्री बन्ने अटकलबाजी गरेका थिए । पटक पटक मन्त्रिपरिषद् विस्तार हुँदा पनि विश्वकर्मा मन्त्री बनेका छैनन् ।
ओली सरकारले ‘ तीन वर्षमा मन्त्रिपरिषद् १७ पटक विस्तारित भैसकेको छ । त्यसक्रममा ५७ जना मन्त्री मण्डलमा अटाएका छन् । पटक पटक मन्त्रिपरिषद् विस्तार हुँदा आमजनताले छविलाल विश्वकर्माको खोजी गर्छन तर अन्तिममा उनको नाम अटाउन सकिरहेको छैन’, विश्वकर्मा निकट एक नेताले भने । पछिल्लो राजनितिमा विषेश एमाले, काँग्रेस र माओवादीका नेता तथा कार्यकर्ताहरुको चासो बढ्न थालेको छ ।
आखिर किन छविलाल विश्वकर्मालाई मन्त्री बनाँइदैन ? स्थानीय कार्यकर्ताहरुले प्रश्न गर्न थालेका छन् । ‘नत्र उहाँलाई मन्त्री नबनाइनुमा अरु त्यस्तो के कारण छ ? के आज कम्युनिष्ट आन्दोलनमा निरन्तर आफ्नो जिम्मेवार निर्वाह गर्न नेताकार्यकर्तालाई उपेक्षित त गरिँदै छैन ?’ वहाँ निकट नेताकार्यकर्ताहरु प्रश्न गर्छन् ।
नेकपा एमालेको स्थायी कमिटि सदस्यसमेत रहेका विश्वकर्मा शालिन, भद्र, बौद्धिक र मृदु भाषिक नेताका रुपमा आमकार्यकता र जनताका माझ परिचित छन् ।विद्यार्थी राजनीति बुटवल बहुमुखी कलेजको स्ववियु उपसभापति हुँदै हाल नेकपा एमालेका स्थायी कमिटी सदस्यसम्म आइपुग्दा पार्टीका विभिन्न तहमा रहेर नेतृत्वदायी भुमिकामा रहेर काम गरेका छबिलाल विश्वकर्मा गिरिजा प्रसाद काेइरालाकाे अन्तरिम सरकारमा छोटो समयका लागि कृषि तथा सहकारी मन्त्री बनेका थिए ।
त्यस बेला कृषि तथा सहकारी क्षेत्रमा केहि उल्लेखिय काम गरेका थिए । उनको नै दलितलाई राज्यमन्त्रीमा सिमित घेरालाई तोड्दै फुलमन्त्रीको सुरुवात गरेका थिए । पार्टी नितिमा कटिबद्ध विश्वकर्मा प्रवासी मंचको जिम्मेवारीमा रहदा तत्कालिन विद्रोही पार्टी माओवादी र एमाले तथा काँग्रेस लगायतका नेतालाई सहमति र शान्तिवार्ता गराउन महत्वपूर्ण भुमिका खेलेका थिए।
विश्वकर्मा नजिकका कार्यकर्ताका अनुसार छविलाल विश्वकर्मा हल्ला भन्दा बढी काममा विश्वास गर्ने, दिएको जिम्मेवारी पुरा गर्ने, जस्तो सुकै विषम परिस्थिातिमा नेतृत्वको रक्षा गर्दै पाटी निमार्णमा खटिने साथै उच्च नेतृत्वले आफ्नो कामको मुल्यांकन गरोस भन्ने चाहना र पदका लागि बार्गेनिङ्ग नगर्ने स्वभावका कारणले नेतृत्वले वहाँको त्यस स्वभावलाई कमजोरीको रुपमा लिएको हुन सक्ने उनी निकट नेताकार्यकर्ता बताउँछन् ।
छविलाल विश्वकर्माले अविचलित भइ निरन्तर दिएको जिम्मेवारी पुरा गर्नुपर्छ र मन्त्री नभए पनि जनताको काम गर्न सकिन्छ भन्ने मान्यताका कारण पनि मन्त्री नबनेको कुरा उनका अन्य कार्यकर्ताहरु बताउँछन् ।























