समाचार

रौतहटमा प्रदेश सासंदद्वारा बाटाेकाे सिलान्यास

अशोक यादव
२०८० माघ २६ | मध्यान्ह ०१:१० बजे

रौतहट, माघ २६ । राैतहटकाे वृन्दावन नगरपालिका- २ खैराटोलामा बाटोढलानको शिलान्यासकार्य भएकाे छ ।

राैतहटकाे क्षेत्र नम्बर ४ मा पर्ने वृन्दावन नगरपालिका खैराटाेलकाे बाटो ढलानका लागि क्षेत्र नम्बर चारका नेकपा माओबादीका प्रदेश सासंद समिर भट्टराईले शुक्रबार एक कार्यक्रम बिच सिलान्यास गर्नु भएकाे छ ।

स्थानीय सहरी बिकासकाे सहयाेगमा टाेलका २४० मिटर लम्बाई रहेकाे ग्रेबल बाटोलाई ढलानका लागि सिलन्यास गरेका हुन । वृन्दावन नगरपालिकाभित्र रहेका अति पिछडिएको गाउँलाई आवत जातकाे कठिनाइ भएकाले साे गाउँका बासिन्दालाई बर्षाकाे माैसममा सवारीसाधन ओहरदाेहर गराउन समस्या भएकाले राहत स्वरूप सडकलाई ढलान गरिएको प्रदेश सासंद भट्टराईले बताए ।

कमेन्टहरु