नक्कली विवाहको सिफारिस लिएर आर्थिक सहयाेग लिन असफल


रौतहट । रौतहटको मौलापुर नगरपालिका- ९ मा फर्जी विवाहका लागि नगरपालिकाबाट आर्थिक सहयोग लिने प्रयास असफल भएको छ । मौलापुर नगरपालिकाले विवाह गर्ने उमेर पुगेका छोरीका परिवारलाई पालिकाबाट ३० हजार आर्थिक सहयोग गर्दै आएको छ । मौलापुरकी मेयर रिनाकुमारी साहको पहलमा `असहायके साथ मेयर´ कार्यक्रम विगत लामो समयदेखी कार्यान्वयन हुदै आएको छ ।
यस योजनाबाट सयौं परिवारले लाभ लिईसकेको छ । वडाको सिफारिसमा पालिकाले निर्णय गरेर सो आर्थिक सहयोग गर्दै आएको छ । सोही क्रममा मौलापुर नगरपालिका–९ का वडा अध्यक्ष श्यामकिशोर साहले सोही ठाउँ निवास महिन्द्रराय यादवको छोरी सन्जु कुमारीको विवाह हुदै गरेकाले पालिकाको निर्णय अनुसार सो अनुदान सहयोग उपलब्ध गराई दिन सिफारिस गरेका थिए । वडा अध्यक्ष साहले गत पुस १८ गतेको मितिमा सो सिफारिस पालिकामा गरेका थिए ।
माघ २५ गते यादवको छोरी सन्जुको विवाह रौतहट जिल्लाको बृन्दावन नगरपालिका बौहरी निवासी ब्रह्मदेव राय यादवको छोरासंग विवाह भईरहेकाले पालिकाबाट दिइदै आएको ३० हजार आर्थिक सहयोग उपलब्ध गराई दिनका लागि वडा अध्यक्ष साहले सिफारिस गरेका थिए ।























