गाउँपालिकाका अध्यक्ष ओझाको अस्लिल सेल्फी भाइरल पछि, बाहिरियो गालीगलौचले भरिएको फोन संबाद


डोटी । डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गा ओझाको गालीगलौच फोन संबाद बाहिरिएको छ । ओझा एक बर्ष अगाडि अस्लिल सेल्फी तस्बिर काण्डमा बिबादमा आएको थियोे ।
ओझाले भान्जा भन्दै गाली गलौंच गरेको अडियो संबाद सार्वजनिक भएको छ । गाउँपालिका अध्यक्ष दुर्गा ओझाले आफ्नो जन्मदिनको अवसरमा साथीहरुले मलाई जन्मदिनको शुभकामना दिईरहेका बेलामा तपाईले मेरो बारेमा किन यस्तो कुरा फेसबुकमा सार्बजनिक गरेको भन्दै फोन संबादमा आपती जनाएका छन् ।
गाउँपालिका अध्यक्षले फोन संबादमा भनिएको छ । ‘मलाई कसैले पनि केही गर्न सक्दैन । जो मेरो सेल्फी काण्ड बाहिरिएको थियो, त्यो काम मलाई डोमिनेट गर्नलाई प्रेम आले मगरले खेलेको हो, भन्दै आलेलाई पनि गाली गलौच गरिएको छ । संबादमा ओझाले तर म आफुले यस्ता कुनै पनि कामहरु नगरेको, विरोधी तत्वहरुले फसाउनका लागी गरेको बताएका छन् ।
अझै ओझाले फोन संबादमा नेपाल कम्युनिष्ट पार्टीका जति नेताहरुले स्त्रीलम्पट काम गरेका छन सबैलाई कार्बाही भएको र मलाई भने कसैले कार्बाही गर्न नसक्ने भन्दै भान्जा तपाई सक्नु हुन्छ भने आजै मेरो बारेमा प्रधानमन्त्री केपी शार्मा ओलीलाई भने पनि कुनै फरक नपर्ने बताएका छन ।
उनले प्रधानमन्त्री ओलीको विरोधमा उत्रेको पनि संबादमा भनेका छन् । अडियो खप्तड अनलाईन समाचारलाई प्राप्त भएपछि खासमा के हो यो संबाद भनेर अध्यक्ष ओझालाई सोध्दा उनले भने त्यस्तो केही होईन, मेरो जन्मदिन मनाई राखेका थियौ । मैले मोबाईलमा एक्कासी मेरो फोटो सहितको समाचार हेर्दा रिस थाम्न नसकेपछि धम्काएको खप्तड अनलाईनलाई उनले बताए छ ।
ओझाको सेल्फी काण्ड के थियो ?
एक बर्षअघि जोरायल गाउँपालिका अध्यक्षको सेल्फी सामाजिक संजालमा निकै भाईरल बनेको थियो । उनले आफ्नो अस्लिल अंग देखिने सेल्फी फोटो फेसबुकको मेसेन्जरमा एकजना केटीलाई पठाए पछि उनको सेल्फी काण्ड समाजिक संजालमा भाईरल बन्न पुगेको थियो ।
प्रशासनको नियम विरुद्ध लकडाउनमा भिडभाडका कार्यक्रम
त्यस्तै अध्यक्षले कोरोना महामारीले देश लकडाउन भएका बेला सरकारले भिडभाड हुने गरी कुनै पनि कार्यक्रम गर्न नपाईने भने पनि जोरायलमा सडक उद्घाटन गर्दा अध्यक्ष स्वयम आफु उपस्थित भई भिडभाडको कार्यक्रम आयोजना गरिएको थियो । उक्त अवसरमा आयोजनामा भोज जस्तै बनाई अध्यक्ष ओझा भिडभाडमा नाचेको भिडियो पनि सार्वजनिक भएको थियो ।























