रौतहटको गरूडामा आधारभूत पत्रकारिता तालिम सम्पन्न


रौतहट, माघ २५ । नेपाल पत्रकार महासंघद्वारा सञ्चालित आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । पत्रकार महासंघ रौतहट शाखाको आयोजनामा सञ्चालित ७ दिने तालिम रौतहट एन प्लाजामा सम्पन्न भएको हो ।
पत्रकारिताको माध्यमबाट लघु उद्यमको प्रवर्धन तथा विकासमा जोड दिने उद्देश्यले आयोजना गरिएको आधारभूत तालिम बुधबारको दिन सम्पन्न भएको हो । तालिममा ३० जनाको सहभागिता थियो । तालिममा स्थानीय अग्रज पत्रकारले सहजीकरण गर्नुभएको थियो ।
समापन समारोहमा गरूडा नगरपालिकाका नगर प्रमुख कन्थमुनी जसवालले सूचनाका माध्यमबाट समाज परिर्वतनको दिशामा अघि बढाउन आमसञ्चार तथा सञ्चारकर्मीको योगदान अमूल्य हुने बताउनुभयो । स्थानीय सञ्चार संस्था र सञ्चारकर्मीसँग सहकार्य गरेर अघि बढ्न नगरपालिका तयार रहेको उहाँले बताउनुभयो ।
तालिममा समाचार लेखन, रेडियो पत्रकारिता, फोटो पत्रकारिता र प्रविधिसम्बन्धी प्रशिक्षण प्रदान गरिएको रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले जानकारी दिनुभयो ।
ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्नु भएको थियो ।























