समाचार

विद्यालयकाे भवन समुद्घाटन तथा सिविर संचालन

अशोक यादव
२०८० माघ २५ | बिहान ११:१० बजे

रौतहट, माघ २५ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत रौतहटमा दुई काेठाको एक तले भवन समुद्घाटन भएकाे छ ।

कटहरिया नगरपालिकाकाे श्री माध्यमिक विद्यालय बलिरामपुरमा निर्माणाधीन भवनकाे नगरपालिकाका मेयर अजयकुमार जयसवाल र उपमेयर रिता देवी यादवले संयुक्तरूपमा एक कार्यक्रमकाेबिच साे भवन समुद्घाटन गरेका हुन् ।

साथै मनमाेहन कार्डियाेथाेरासिक भास्कर तथा ट्रान्स्प्लान्ट सेन्टर महाराजगन्ज काठमाडौकाे अायाेजनामा एक दिने मुटुराेगकाे नि:शुल्क सिविर सचालन समेत भएकाे छ । सिविरमा २५० जना सहभागी बालबालिकाहरूलाई नवजात मुटु राेगकाे पहिचान तथा निःशुल्क  चेकजाँच भएकाे छ ।

विद्यालयका बालबालिकाले अाफुले अार्थिक रूपमा गर्न नसक्ने मुटु जाँचकाे लागि साे कार्यक्रमलाई सचालन गरेकाे थियो । कार्यक्रममा निमित्त प्रशासकीय अधिकृत राम नरेश यादव, शिक्षक संयाेजक अनिल निधि, सहसंयाेजक सुरेन्द्र ठाकुर, रूपकिशाेर यादव, विद्यालयकाे प्रधानाध्यापक देबेन्द्र जयसवाल, विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष नागेन्द्र कुशवाहा, वडा सदस्य मेराजुलहक लगायत विद्यालयका सम्पुर्ण शिक्षक शिक्षिकाको सहभागी रहेको थियो ।

यसैगरी डाक्टर सजिप थापा, राेमिला, साेबित थापा, अासिकको उपस्थिति रहेको विद्यालयकाे शिक्षक हरेन्द्र कुशवाहाले जानकारी दिए ।

photo 2024 02 08 11 31 36 photo 2024 02 08 11 31 37 photo 2024 02 08 11 32 10 photo 2024 02 08 11 32 11

कमेन्टहरु