देश

धनगढी उप–महानगरपालिकाले भूमिहिन र सुकम्वासीहरुको पहिचान, लगत संकलन, बितरणको लागि नापनक्साको काम शुरु

नवलपुर टुडे
२०७८ जेष्ठ २६ | मध्यान्ह ०३:०२ बजे

धनगढी । धनगढी उप–महानगरपालिकाले भूमिहिन र सुकम्वासीहरुको पहिचान, लगत संकलन पछि जग्गा वितरणका लागि स्थलगत रुपमा नापनक्साको काम सुरु गरेको छ ।

मंगलबार उपमहानगरपालिकाकको वडा नं ९ बंग्राबाट स्थलगत नापनक्साको काम सुरु गरेको हो । नगरप्रमुख नृपबहादुर वडले प्राविधीक कर्मचारीहरु नापनक्साका लागि स्थलगत रुपमै खटाईएको बताए ।

समयमै नापनक्साको कार्य सम्पन्न गरेर चाडै लालपूर्जा वितरण गरिने छ नगरप्रमुख वडले भने, कोरोना कहर नभएको भए अहिले सम्म भूमिहिन र सुकम्वासीहरु र अब्यबस्थीत बसोवासीहरु जग्गाधनी भैसक्थे । भूमिहिन र सुकम्वासीहरुको पहिचान, लगत संकलनका लागि छुट्टै लगत सकलन इकाई स्थापना गरेको छ ।

सयममै चुस्त दुरुस्त काम सम्पन्न गर्नका लागि स्थानीयको सहयोग आवश्य छ नगरप्रमुख वडले भने, बास्तविक भूमिहिनहरु यो अवसरबाट बन्चीत हुनु हुदैन भनेर सबैले रचनात्मक सहयोग गर्नुपर्छ । स्थलगत नापनक्साको कार्यमा वडाका जनप्रतिनीधिहरुले सहजीकरण गरिरहेको नगर प्रमुख वडले बताए ।

कमेन्टहरु