लुम्बिनी प्रदेश

विजयनगर गाउँपालिकाकाे सार्वजनिक सुनुवाई सम्पन्न

धर्मेन्द्र कुमार कुर्मी
२०८० माघ २३ | मध्यान्ह ०५:१० बजे

कपिलवस्तु, माघ २३ । कपिलवस्तुकाे विजयनगर गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएकाे छ । गाउँपालिकाकाे सभाहल खडैचामा मंगलबार सुशासन, पारदर्शिता र जवाफदेहिताकाे सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रम विजयनगर गाउँपालिकाकाे आयोजना, मोफसल मिडिया प्रालिको प्राविधिक सहयोग र नेपाल पत्रकार महासंघ कपिलवस्तुको समन्वयमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको जनाएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्राहीले सोधेका प्रश्न र जिज्ञासाको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी चौधरी, प्रमुख प्रसासकीय अधिकृत शोभाराम रिजाल, शिक्षा प्रमुख हरिहर बेल्बासे, स्वास्थ्य प्रमुख यज्ञ प्रसाद अधिकारी, कृषि शाखा प्रमुख श्याम सुन्दर माली लगायतले जवाफ दिएका थिए ।

photo 2024 02 06 17 23 35

कार्यक्रममा बाेल्दैे विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले गाउँपालिका सामाजिक विकासलाई प्राथमिकतामा राखेर अगाडी बढिरहेकाे बताएका छन् । उनले सामाजिक विकासकाे क्षेत्रमा बढी लगानी नगरेसम्म परिवर्तन सम्भव नहुने बताए ।

समग्र विकासकाे क्षेत्रमा आवश्यकता अनुसार बजेट विनियोजन गरेर अघि बढिरहेको बताउँदै स्वास्थ्य, शिक्षा र खानेपानी तथा सरसफाईमा गाउँपालिका केन्द्रित भएकाे अध्यक्ष थापाकाे भनाई छ । गाउँपालिकाले आगामी बैेशाखदेखि ‘सचेत परिवार परिचय-पत्र’ लागु गर्ने उनले बताए ।

समग्र गाउँपालिकाकाे विकासका लागि विजयनगर पूर्ण सरसफाई अभियान जारी राखेकाे जनाउँदै विपन्न परिवारका लागि ७ सय बढी शाैचालय निमार्ण गरिरहेको बताए ।

कमेन्टहरु