समाचार

नवलपुरमा गैंडाको आक्रमणबाट एक महिला घाइते

जगत ठाडा मगर
२०८० माघ २३ | मध्यान्ह ०४:१० बजे

नवलपुर, माघ २३ । नवलपुरमा गैंडाको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।

जिल्लाको देवचुली नगरपालिका – १० पृथ्वीनगरकी ६० वर्षीया ठगिसरा सुनारी मगरलाई बाख्रा चराउने क्रममा लोकाहा खोलाको किनारमा गैंडाले आक्रमण गरेको हो ।

गैंडाको आक्रमणबाट सुनारीको ढाड, बाँया गाला, दाँया खुट्टा र दुबै पाखुरामा चोट लागेको नवलपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिए । उनका अनुसार सुनारीको स्थानीय देवचुली अस्पताल दलदलेमा
उपचार भईरहेको छ ।

कमेन्टहरु