समाचार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशव बुढाथोकीकाे निधन

नवलपुर टुडे
२०८० माघ २३ | बिहान ०९:१० बजे

झापा, माघ २३ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ । निमोनियासम्बन्धी रोगबाट पीडित बुढाथोकीको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा सोमबार राति निधन भएको हो ।

नेता बुढाथोकीको ८० वर्षको उमेरमा सोमबार राति निधन भएको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जानकार दिएका छन् । ‘हक्की स्वभावका नेता बुढाथोकीको बिदाइले पूर्वी नेपाल खासगरी झापाको भूमिमा उहाँको ठुलो रिक्तता अनुभूति हुनेछ । उहाँका योगदानहरू हामी सदैव स्मरण गरिरहने छौँ,’ महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

पछिल्लो समय मिर्गौलामा समस्या आएका कारण उपचार गराइरहेका थिए । लामो राजनीतिक जीवनमा उनी सामान्य प्रशासन मन्त्री, जलस्रोत सहायक मन्त्री, राष्ट्रिय पञ्चायत सदस्य, प्रधानपञ्च, जिल्ला पञ्चायत सभापति भएका थिए ।

बुढाथोकीको पार्थिव शरीर मंगलबार नै गृहजिल्ला पुर्‍याएर अन्त्येष्टि गरिने नेपाली कांग्रेसले जानकारी दिएको छ ।

कमेन्टहरु