समाचार

प्रेस चौतारी नेपाल गुल्मीले २६औँ स्थापना दिवस पार्क सरसफाई गरी मनायो

इन्द्रजित नेपाली
२०८० माघ २२ | मध्यान्ह ०८:१० बजे

गुल्मी, माघ २२ । प्रेस चौतारी नेपाल गुल्मीले २६औँ स्थापना दिवसको अवसरमा पार्क सरसफाई गरी मनाएको छ । आज सोमबार रेसुङ्गा नगरपालिका – ९ स्थित चिल्ड्रेन पार्कमा सरसफाई गरी दिवस मनाएको हो ।

photo 2024 02 05 20 15 55

सरसफाई कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र अर्यालले २६औँ स्थापना दिवसको शुभकामना व्यक्त गरेका थिए । उनले पछिल्लो समय नेपालको पत्रकारितामा देखिएका समस्याबारे चर्चासमेत गरेका थिए ।

यस्तै नेकपा एमाले गुल्मीका सचिव गणेश श्रीपालीले लोकतन्त्रको बलियो आधार भनेको पत्रकार जगत रहेको बताए । समाज परिवर्तनमा पत्रकारले खेलेको अहम भूमिकाप्रति श्रीपालीले खुलेरा प्रशंसा गरेका थिए ।

photo 2024 02 05 20 16 00

प्रेस चौतारी नेपाल गुल्मीका अध्यक्ष अनिल खत्रीले पछिल्लो समय ठुलो लगानीमा पार्कहरु निर्माण भईरहेको र त्यसको व्यवस्थापनमा सरकारले कम चासो दिएको बताउँदै प्रेस चौतारी गुल्मीले सरसफाईसँगै पार्कको संरक्षणमा सम्बन्धित निकायलाई झकझकाएको बताए ।

कमेन्टहरु