बिओपी बिरगंज क्षेत्रबाट करोडौको मालसामन अबैध तरिकाले आयात/निर्यात देखिदैनन, ५० वटा लिची पक्राउ


रंजित चौरसिय
वीरगंज २६ जेष्ठ । नेपालको प्रमुख प्रवेशद्वारको रूपमा मानिने बिरगंज भन्सार पछाडीबाट दिनहु करोडौ बराबरको मालसमान अबैध तरिकाले आयात/निर्यात भइरहेपनी सशस्त्र प्रहरीले ५० पिस लिची पक्राउ गरेको स्थानीयले आरोप लगाएका छन ।
भन्सार क्षेत्रबाट दिनहु कपडा, हार्डवेयर, जुता चप्पल लगायतका समाग्री अबैध तरिकाले नेपाल भित्रयाउने गरिन्छ भने नेपालबाट केराउ, कवाड लगायतको समाग्री सशस्त्र प्रहरीकै सहयोगमा भारतसम्म पुग्ने गरेको आरोप लागेको हो ।
भन्सार क्षेत्र हुँदै रातभरी तस्करी भइरहेपनी मुखदर्शक बनेका सशस्त्र प्रहरीले दिउँसो लिची लिएर आइरहेको क्रममा पक्राउ गरेको पिडितले बताएका छन । आफू कुनै किसिमको तस्कर नभएको र कुनै तस्करीको कार्यमा समेत सहयोग नपुर्याएको दाबी गर्दै सशस्त्र प्रहरीको यस्तो रवैया घिन लाग्दो रहेको आरोप लगाउनु भयो । आफ्नो मुलूकको सुरक्षाको निम्ति खटिएका सशस्त्र प्रहरीले यस्तो घिन लाग्दो काम गरेको हेर्दा आफ्नो देश प्रती नै दाया लागेर आएको, उनले बताए ।
नेपाल र भारत एक अर्काको छिमेकी रास्ट्रको साथै रोटि बेटिको सम्बन्ध समेत रहेको छ । सीमा नाकामा सशस्त्र प्रहरी सुरक्षाको निम्ति तैनाथ छन र रहनु पनि पर्छ, उनले बताए । तर सुरक्षामा खटिएका प्रहरी ठुला बडा तस्कर सङ्ग मोटो रकमको नजराना बुझी तस्करी गराउन पाउने र सर्वसाधारण आफ्नो घर खर्चको लागि स-साना समान जस्तो २ किलो प्याज, लिची लगायतको समान लिएर आउन नपाउने, यो कस्तो नियम हो भन्दै जङ्गिएका थिए ।
यता स्थानीयवासीले जनाए अनुसार बोर्डर आउट पोस्ट बिरगंज भन्सारमा सशस्त्र प्रहरी निरीक्षक सुवर्ण बम आएको एक महिना नबितिदै तस्करीको लाइन सुरू भएको थियो । एक जना माछा तस्करका अनुसार भन्सार भित्रै बसि सशस्त्र प्रहरी निरीक्षक बमले मासिक ३० हजार बुझे पश्चात् माछाको लागि खोलेको बताए । माछाको लाइन दिनसाथ कपडा, खसी बाख्रा, हार्डवेयर, कवाड समेतको लाइन दिएको, उनले बताए ।
यतिसम्म मात्र काहा हो र ? आफ्नो संगठनकै आखामा धुल झोक्दै संगठनकै नाम बदनाम गर्दै कमाइ खाने भाडो बनाएको समेत बाहिर आएको छ । बिरगंज भन्सार बिओपीका प्रमुख सुवर्ण बम र क्वाटर गार्डको सहयोगमा खानाको नाममा समेत भ्रष्टाचार गरेको पाइन्छ ।
सशस्त्र प्रहरी बल संगठनको नियमावली अनुसार आएको बजेटबाट नेपाल भित्रैबाट खदान्य समाग्री खरिद गर्नुपर्ने हो तर आफ्नो फाइदाको लागि नियम मिच्दै भारतको रक्सौलबाट खदान्य समाग्री खरिद गर्ने गरेको उहाकै प्रहरी श्रोतले जनाएको छ । आफ्नो संगठनको आदेशलाइ धज्जी उडाउने र ५० वटा लिचि समाउने प्रहरी कमान्डर कस्तो हुन सक्ने आम सर्वसाधारण माझले बुझिसकेको कुरा हो । तसर्थ : १३ नम्बर गणका प्रमुख र २ नम्बर बाहिनी प्रमुखको ध्यान जान अति अवाश्यक देखिन्छ ।























