आधारभूत पत्रकारिता तालिमको तेस्रो दिनमा सहभागीहरुले लेख्न थाले समाचार


रौतहट, माघ २१ । नेपाल पत्रकार महासंघ रौतहट शाखाको आयोजनामा ए एन प्लाजा होटेल गरुडामा आधारभूत पत्रकारिता तालिमको तेस्रो दिन सहभागीहरुले समाचार लेख्न थाले छन ।
शाखाले विभिन्न सञ्चार गृहमा आवद्ध नयाँ पत्रकार एवं पत्रकारितामा रुची भएका व्यक्तिहरुका लागि लक्षित गरी आधारभुत पत्रकारिता सम्वन्धी सात दिने प्रशिक्षण आयोजना गरेको हो ।
एभी न्युज टेलिभिजन रौतहट प्रतिनिधि गौतम श्रेष्ठले औपचारिक तालिम प्रदान गर्नुभएको थियो । सो तालिममा श्रेष्ठले टेलिभिजनका लागी भिडियो पत्रकारिता तालिम प्रदान गरेको थिए ।
शाखा अध्यक्ष प्रेम चन्द्र झाले समाचार कसरी लेख्ने पत्रकारितामा रुचि राख्ने परिक्षार्थीहरु निकै खुशीका साथ तालिममा सहभागी भएको थिए । परिक्षार्थीलाई आफैमा पत्रकार, लेख्ने क्षमता हुने भएको छ । रौतहट शाखा अध्यक्ष झाको प्रयासबाट आधारभुत तालिम लिने मौका मिलेको पत्रकार दिपेश कुमार शाहले बताउनु भयो ।
पत्रकारितालाई विश्वासनिय बनाउन सञ्चारकर्मीहरुका लागी समय सापेक्ष तालिम आवश्यक रहेकोमा वहाँले जोड दिनुभयो । पत्रकारिता विश्वासनिय हुनुपर्ने भन्दै पत्रकार रानी शाहले पछिल्लो समय सिप र क्षमता विना पत्रकार बन्ने प्रवृत्तिले विश्वासनियता कमजोर भएको दावि गर्नुभयो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा रौतहटले लामो समय पश्चात पत्रकारिता तालिमको आयोजना गरेको र आगामी दिनहरुमा आधारभुत सँगै अन्य क्षमता अभिबृद्धिका तालिमहरुलाई निरन्तरता दिने शाखा अध्यक्ष झाले बताउनुभयो ।























