कपिलवस्तु मायादेवी गाउँपालिकाद्वारा मायादेवी स्तरिय मदरसा संघको आवश्यक मागलाई सम्बोधन


कपिलवस्तु । मायादेवी गाँपालिकाद्वारा मायादेवी स्तरिय मदरसा संघका आवश्यक मागलाई सम्बोधन गरेको छ ।
मदरसाको आवश्यक माग मायादेवी गाउँपालिका अन्तर्गत रहेका ३२ वटा मदरसामा र १ एउटा गुरुकुल शैक्षिक संस्थालाई अवश्यक कार्यविधि निर्माण गरी ३२ वटै शैक्षिक संस्थालाई संविधानमा उल्लेख भएको धारा ३१ र ३२ मा शिक्षा र भाषा सम्बन्धी हकलाई मध्ये नजर राखि नि: शुल्क शिक्षा दिने प्रावधान अनुसार वाषिर्क सभा द्वारा छुट्टै कार्यविधि निर्माण गरी बालबालिकाको हक र शिक्षाबाट बन्चित नहुन दिन तपशिल मदरसा माग यथासिघ्र आ.व. २०७८/०७९ देखि उपलब्ध गराई दिनु हनु अनुरोध साथै मदरसाको थप अवश्यक मागलाई प्रदेश र संघबाट कार्यक्रम निर्माण गरी माग गरेका छन् ।
धार्मिक र मदरसामा स्वयंसेवक शिक्षक भर्न गर्ने गाउँपालिका बाट, स्वयंसेवक शिक्षक माैलानाको नियुक्ति प्रदेश र छात्रवृत्ति को व्यवस्था, दिवा खाजा को व्यवस्था संघ र प्रदेशबाट हुने र कार्यालय व्यवस्थापनको व्यवस्था ( मसलन्द एस. आई.पी. निर्माण र लेखापरीक्षण), नि: शुल्क पाठ्यपुस्तकको व्यवस्था, संचालित कक्षालाई अनुमति पत्रको व्यवस्था र भौतिक पूर्वाधारको व्यवस्था गर्न यहिबाट गर्ने कुरा मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी प्रसाद कुर्मीले मदरसा समितीलाई बताउनु भयो।























