न्यु संगिता मेडिकलको पहलमा बराहक्षेत्र नगरपालिकालाई २ लाख बढीको कोभिड औषधि प्रदान

जगत ठाडा मगर
२०७८ जेष्ठ २५ | मध्यान्ह ०८:०२ बजे

सुबिन विश्वकर्मा (बराहक्षेत्र)

सुनसरी । सुनसरीको बराहक्षेत्र ६मा रहेको न्यु संगिता मेडिकल हलको पहलमा बराहक्षेत्र नगरलाई २लाख बढीको स्वास्थ सामाग्री प्रदान गरिएको छ ।

photo 2021 06 08 20 11 37

आर्या फर्मा ल्याब बिरगंजद्वारा १लाख १३हजार २सय बराबरको कोभिड १९ सम्बन्धि आवश्यक औषधि तथा कस्यप ॠषी आयुर्वेदिक बिराटनगरद्वारा ७५ हजार बराबरको सेनिटाइजर प्रदान गरिएको हो । यसको लागि न्यु संगिता मेडिकल हलले पहल गरेको हलका प्रमुख सुरेन्द्र गुप्ताले जानकारी दिए ।

उनकाअनुसार आगामी दिनहरुमा समेत विभिन्न प्रतिनिधित्व स्थानहरुमा निशुल्क स्वास्थ सामाग्री वितरणका लागि पहल तथा समन्वय गर्ने योजना रहेको छ ।

सामाग्री मंगलबार नगरलाई हस्तान्तरण गरिएको हो । सो अवसरमा न्यु संगिता मेडिकल हलका प्रमुख सुरेन्द्र गुप्ता र दिपक अधिकारी, आर्या फर्माका बजार प्रतिनिधि केशब भट्टराई, सेल्स मेनेजर दुर्गाराज भट्टराई, एरिया मेनेजर बिकेस पोखरेल र नगरपालिका प्रमुख निलम खनाल र प्रमुख प्रशासकिय अधिकृत राजेश पोखरेल, स्वास्थ साखा अधिकृत उमेश मेहेता र प्रशासकीय अधिकृत मनु कुमार लिम्बु उपस्थिति थिए ।

कमेन्टहरु