समाचार

गोठमा लुकाएर राखिएको अवैध काठ बरामद

अशोक यादव
२०८० माघ १८ | बिहान ११:१० बजे
file picture

रौतहट, माघ १८ । रौतहट प्रहरीको गस्ती टोलीले एकलाख रुपैया भन्दा बढी मूल्य बराबरको अबैध सालको गोलिया काठ बरामद गरेको छ ।

राष्ट्रिय वनबाट अवैधरुपमा कटानी गरेर कटहरीया नगरपालिका – १ भसेड्वास्थित बकेया खोलाको नजिकै स्थानीय सोनेलाल यादवको गोठमा लुकाई छिपाइ राखेको ३ थान सालको गोलिया काठ बुधबार साँझ प्रहरीले बरामद गरेको हो ।

गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट छेदिचौकका प्रमुख असई विनय कुमार झाको कमाण्डमा गएको टोलीले उक्त गोठ तथा गोठ छेउमा परालको कुन्यु मुनि लुकाई छिपाइ राखेको १ लाख ८ हजार बराबरको काठ बरामद गरेको हो ।

बरामद गरिएको काठ आवश्यक कारवाहीको लागि सेक्टर वन कार्यालय जंगलासहियामा बुझाएको तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

कमेन्टहरु