जिप्रका रौतहटको आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत न्यानो कपडा वितरण


रौतहट, माघ १८ । जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत न्यानो कपडा वितरण गरिएको छ ।
बुधबार एक कार्यक्रमकाबिच गौर नगरपालिका–५ स्थित श्री आधारभूत विद्यालय बाल मन्दिर गौरमा अध्ययनरत विधार्थीहरुलाई जाडो मौसममा चिसोबाट बच्न न्यानो कपडा वितरण गरिएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका कार्यालय प्रमुख प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सो विद्यालयमा अध्यनरत २३ जना बालबालिकालाई वितरण गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी एवं प्रवक्ता एलिजा गिरीले जानकारी दिइन् ।
न्यानो कपडा वितरण कार्यक्रममा चिसोबाट जोगिने उपाय तथा जाडोमा ध्यान दिनुपर्ने कुराहरुको बारेमा पनि विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक एलिजा गिरी, अन्य प्रहरी कर्मचारीहरू तथा श्री आधारभूत विद्यालय बाल मन्दिरका शिक्षक, शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।























