मठ आफ्नो बास्तबिक अस्तित्वमा कहिले फर्किने हो: जन सवाल


रौतहट । क्षेत्रफलको दृष्टिकोणबाट रौतहट जिल्लाकै दोस्रो ठुलो मठका रूपमा परिचीत रहेको राम जान्की गूठी मठ । करिब १२-१५ वर्षदेखि गुमनाम अवस्थाको सामना गर्दै आएका छन् । देवाही गोनाही नगरपालिका वडा नम्बर ६ स्थित कर्कच कर्मैया गाउँमा रहेको सो मठको परम्परा, रितिरिवाजहरु लोप हुँदै गएको देखिन्छ । राम जान्की मठ करिब ५२ बिघा धुरी क्षेत्रफलमा फैलिएको हो । सो मठको सम्पत्ति राजनितिक चहलपहलका कारण लथालिङ्ग भएको जानकारहरु बताउँछन् । जानकारहरु बताउँछन् “मठकै सम्पत्तिमा एक भाग गाउलेहरु बसोबास गर्दै आएको बताए । साथै जस्तै देशले विभिन्न राजनीतिक उतारचढावको सामना गर्दै थियो त्यस्तै गूठी मठले पनि विभिन्न चलखेलका सामना गर्दै आएको देखिन्छ । केहिदिन सेना र माओवादी द्वन्द्व कालखण्डमा माओवादीहरुले मठको सम्पत्ति लुटपाट गरेको स्थानीयहरुले आरोप लगाउने गर्दछ ।
गूठी मठका अन्तिम र मठको अस्तित्व, रितिरिवाज, परम्परा र संरक्षण गर्ने महन्त अनिल मिश्रा रहेको थियो । उनले पनि पछि लोभमा परि मठको जग्गा बिक्री गरेको समेत आरोपहरु स्थानीयहरुले लगाउने गर्छन् । पछि महन्तले पनि मठको जिम्मेवारी त्याग गरेर काठमाडौं निवास घर बसोबास गर्न लागेको र मठको सम्पत्तिबाट प्राप्त भएको धन गूठी संस्थामा जम्मा गर्नु पर्ने प्रावधान लागू गर्नु भयो । सो दिनदेखि गूठी संस्थाले नै मठको जिम्मेवारीका रूपमा काम गर्दै आएको जानकारहरु बताउँछन् । हुन त मठलाई संरक्षण गर्नका लागि गूठी संस्थाले उपभोक्ता समितिलाई जिम्मेवारी दिएका छन् । तर सो समिति पनि हाल करिब ७ वर्षदेखि एउटै उपभोक्ता समिति रहेको देखिन्छ । हरेक ३ वर्षमा नेतृत्व परिवर्तन हुने सो समितिको नियम पनि सफल हुन सकेको छैन । यसले कार्य व्यवस्थालाई नै चुनौती दिएको देखिन्छ । मठको उपभोक्ता समितिको अध्यक्ष रामप्रसाद कुशवाहा रहेको छ । उनले नेतृत्व गर्दा उनी माथी विभिन्न आरोप लागे पछि उनले पनि मठको जिम्मेवारीबाट हाथ फेरेर मौखिक रुपमा कार्यकारी अध्यक्षको जिम्मेवारी बिराइ राय यादवलाई दिएको स्थानीयले बताए । कुनै समय धुमधामका साथ पर्वहरु मनाउने सो मठ आज कल आफै पर्वको समयमा पनि अध्यारो अवस्थामा बस्न बाध्य बनेका छन् । आज भोलि उपभोक्ता समितिले न त मठको संरक्षण नै गरेको देखिन्छ न त रितिरिवाज र परम्पराको नै । सद्यौदेखि माघे सन्क्रान्तीमा मठले गाउँका ब्राह्मणहरुलाइ र भिक्षुहरुलाइ मठ परिसर भित्र दही चिउरा र लाइहरु खुवाउने चलन थियो । तर यो परम्परा पनि यो वर्षदेखि लोप भएको देखियो ।
बि.सं. २०७४ मा भएको निर्वाचनमा अनिलकुमार झा बिजय हासिल गरेको थियो । तर उनले पनि आफ्नो कार्यकालमा मठको संरक्षणमा ध्यान दिएको देखिदैन । मठ बिकास गर्नु भयो त मठको सम्पत्तिहरुको संरक्षण गर्नु भएन । अब सो मठको सम्पत्ति प्रमाणित रूपमा ३०/३२ बिघा मात्र रहेको देखिन्छ । झाले आफ्नो कार्यकालमा मठको नेतृत्व गर्ने उपभोक्ता समिति प्रती ध्यान दिएनन् । पछि २०७९ सालको निर्वाचनमा एस पार्टीबाट वडा अध्यक्ष पदमा विष्ण्मु (विष्णु) कुमार दास बिजय भएको थियो । उनि बिजय भए पश्चात मठ नेतृत्व परिवर्तन गर्नु प्रती जोड दिनु भयो । करिब ३ महिनासम्म चलेको सर्वदलीय बैठक र स्थानीयद्वारा छलफल गर्दा गर्दै बैंक स्थगित भयो । त्यस पश्चात् आजसम्म कसैले सो समस्या प्रति ध्यान दिएको देखिदैन । तर पछि बितेको माघ ८ गते भारतको अयोध्यामा भएको रामललाको प्राण प्रतिष्ठानको अवसर पारी वडा अध्यक्ष प्रत्यासी डा.पवनकुमार ठाकुरले आफ्नो गाउँमा पनि राम जाप यज्ञ हुनु पर्छ भन्दै युवा जनशक्तिको सहयोगमा र स्थानीयहरु द्वारा चंदा संकलन गरि मठमा भव्य रूपमा यज्ञ गरेको थियो ।
सो यज्ञबाट मठमा सकारात्मक प्रभाव पर्नुका साथै मठको भित्री संरचना नै परिवर्तन भयो । लामो समय पश्चात स्थानीयहरु पनि हो अब मठ मठ जस्तो देखिन थाल्यो भन्न थाले । तर मठको बास्तबिक परिवर्तन अझै हुन सकेको छैन । अब स्थानीयहरुले पनि आस मारी सकेको बताउँछन् । मठको जग्गा, सम्पत्ति, परम्परा र रितिरिवाजहरु कहिले फर्किन्छ्न भन्ने प्रश्न आम प्रश्न नै भैसकेको छ । के अब मठले उपभोक्ता समिति कहिले पाउदैन र ? के मठको बिकास गर्न यति गारो छ ? मठ सङ्ग सबै थोक हुँदा हुँदै पनि किन मठ लथालिङ्ग छन् ? के यो राजनितिक कै नकारात्मक प्रभाव हो ? लगायतको प्रश्नहरु स्थानीयहरुले दिनहु नै गर्ने गर्छन् । तर आज भोलि मठको परिसरमा दैनिकी राम जाप हुन थालेको छ । मंगलबार एक सूचना सार्वजनिक गर्दै १२ महिना मठमा पालो पालो गरि स्थानीयहरु द्वारा राम धुन हुने पुर्व वडा अध्यक्ष झाले बताए ।























